नियम ३१
अनुज्ञापत्र बहाल रहने अवधि र नवीकरण
(१) अनुज्ञापत्र दिने अधिकारीले म्याद
नपुग्दै त्यस्तो अनुज्ञापत्र रद्द वा खारेज गरेमा बाहेक यस परिच्छेद बमोजिमको
अनुज्ञापत्र प्रत्येक वर्ष आषाढ मसान्तसम्म बहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिमको म्याद भुक्तान नहु“दै वा म्याद भुक्तान भएको
तीन महिना भित्र अनुज्ञापत्र लिंदा लाग्ने दस्तूर बमोजिम नै नवीकरण दस्तूर तिरी
अनुज्ञापत्र दिने अधिकारीबाट अनुज्ञापत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्याद नाघेपछि अनुज्ञापत्र नवीकरण गर्न
आएमा सो आर्थिक वर्षमा लाग्ने नवीकरण दस्तूर र सो दस्तूरको शत प्रतिशत
जरिवाना र त्यसपछि प्रत्येक आर्थिक वर्षको नवीकरण दस्तूर र सो दस्तूरको शत
प्रतिशत जरिवाना लिई तीन वर्षसम्म नवीकरण गरी दिन सकिनेछ ।